PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राष्ट्रियसभामा पनि खुलेर लागेनन् प्रचण्ड समूहमा वामदेव : अदालतको विषयमा नबोल्ने अडान



राष्ट्रियसभामा पनि खुलेर लागेनन् प्रचण्ड समूहमा वामदेव : अदालतको विषयमा नबोल्ने अडान

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अदालतमा प्रवेश गरेको विषयमा बोल्नु अदालतको मानहानी भएको बताएका छन्।

राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै गौतमले भने, ‘संसद विघटनको विषयलाई मैले असंवैधानिक हो भने। तर अदालतको संवैधानिक इजलासमा गएकाले असंवैधानिक विषय हो भन्न मिल्दैन।’

प्रधानमन्त्रीको कदमबाट आफू खुसी नभएको उनको भनाई थियो। ‘गणतन्त्र नेपाल स्थापना र कम्युनिस्ट आन्दोलनलाई एकत्रित गर्ने मेरा दुई उद्देश्य हुन्। पार्टी एकताका बेला एकदमै खुसी भए। कम्युनिस्ट आन्दोलनमा लागे बापत कसैले धिकार्ने छैनन्,’ वामदेवले भने।

‘मेरो घरमा कांग्रेस थिए सबै। म त्यस्तो ठाउँबाट आएर कम्युनिस्ट भए। पार्टीभित्र मैले धेरै विषय उठाए सचिवालयमा। कार्यशैली सुधारको विषय उठाए। म बिरोधी जस्तो भएर प्रकट भए,’ वामदेवले थपे।

वामदेवले अविश्वासको प्रस्ताव र संसद विघटन प्रकरणमा दुबै पक्षले आफूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाए। ‘आफ्नै पार्टीको नेतालाई अविश्वासको प्रस्तावलाई आउला भन्ने सोचेको थिए। मैले अविश्वासको प्रस्तावमा सामेल हुन सक्दैन भनेको थियो। अविश्वासको प्रस्ताव लैजादा मलाई सोधिएन,’ उनले गुनासो गरे।

‘प्रमको म पूर्ण आलोचक हु। उहाँ मेरो ४३ वर्षदेखिको मित्र पनि हो। मैले सुझाव पनि दिएको छ। दुई पटक प्रमको बेला मैले सुझाव दिए। उहाँले मलाई मित्रकै रुपमा सम्मान गर्नुहुन्छ। तर यसपटक प्रतिनिधि सभा भंग गर्दा मलाई सोध्नु भएन। एमालेभित्र संगठन बनाउनेमा म हुला सबैभन्दा अगाडि। तर मलाई सोध्नु भएन,’ उनले गुनासो गरे।

प्रधानमन्त्रीले आफूलाई मलाई हटाए दुर्भाग्य हुने भनेर पटक पटक भनेको भन्दै वामदेवले थपे, ‘अविश्वासको प्रस्ताव दर्ता गर्दा परामर्श भएको भए पहिल्य नै म राजीनामा दिन्थे। त्यसले पार्टी र सरकारको सम्बन्ध अगाडि बढाउने र त्यो शिक्षा हुन्थ्यो।’ वामदेवले मदन भण्डारीपछि धेरै बोल्ने र प्रशिक्षण दिने पनि आफू नै भएको दावी गर्दै एकताबद्ध पार्टीको पक्षमा आफू रहेको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell