PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कोरोना रिपोर्ट नेगेटिभ आएकाहरुले मात्रै बेलायतमा प्रवेश पाउने, बढ्दै मृतकको संख्या



कोरोना रिपोर्ट नेगेटिभ आएकाहरुले मात्रै बेलायतमा प्रवेश पाउने, बढ्दै मृतकको संख्या
Photo : GETTY IMAGES

कोभिड १९ परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुले मात्रै अबदेखि बेलायतमा प्रवेश पाउने भएका छन्।

विमान, ट्रेन वा पानीजहाजको माध्यमबाट बेलायत प्रवेश गर्नेहरुले आफू रहेको देश छाड्नुभन्दा ७२ घण्टाभित्र गराएको परीक्षणको रिपोर्ट नगेटिभ आएकाहरुले मात्रै बेलायतमा प्रवेश पाउने भएका हुन्।

कोरोनाको नयाँ प्रकारको भाइरसका संक्रमण देखिएसँगै बेलायत पुन: लकडाउनमा छ। त्यसैले नयाँ नियम लागू गराइएको हो।

निर्धारित समयसम्मको नेगेटिभ रिपोर्ट नआएहरुले विमान वा अन्य सवारीसाधनमा यात्रा गर्न पाउने छैनन्। रिपोर्ट नेगेटिभ आएपनि निर्धारित राष्ट्रहरुबाट आएका मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ।   

शुक्रवारमात्रै थप ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, हालसम्म कै बढी  १ हजार ३२५ जनाको मृत्यु भएको छ।

संक्रमणको जोखिम उच्च रहेको बेला बेलायतले मोडर्ना भ्याक्सिनको प्रयोगका लागि पनि स्वीकृति दिएको छ। यसअघि बेलायतले फाइजर र अक्सफोर्ड भ्याक्सिनको प्रयोगका लागि स्वीकृति दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell