PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रम्प समर्थकसँगको मुठभेडमा घाइते भएका प्रहरीको मृत्यु



ट्रम्प समर्थकसँगको मुठभेडमा घाइते भएका प्रहरीको मृत्यु
Photo : GETTY IMAGES

अमेरिकी सदनको संयुक्त बैठक चलिरहेको बेला भएको मुठभेडमा घाइते भएका एक प्रहरी अधिकारीको मृत्यु भएको छ।

बुधवार जो वाइडेनलाई आधिकारिक रुपमा राष्ट्रपति निर्वाचित गर्न बसेको बैठकमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले सदनभित्रै आक्रमण गरेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। झडपका क्रममा चार जना ट्रम्प समर्थकको मृत्यु भएको थियो।

युएस क्यापिटल पुलिस अन्तर्गत ड्युटिमा खटिएका प्रहरी प्रदर्शनका क्रममा घाइते भएका थिए। घाइते प्रहरीको उपचारको क्रममा निधन भएको छ।

बुधवार भएको घटनापछि ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउन माग बढ्दै गएको छ। ट्रम्पले भने बुधवार भएको घटना अमेरिकी प्रजातन्त्रको अपमान भएको भन्दै निन्दा गरेका थिए। आफ्नो समर्थनमा प्रदर्शन गर्दै सदनमा आक्रमण गर्नेहरुलाई पक्राउ गर्ने समेत उनले बताएका थिए।

ट्रम्पले जनवरी २० मा जो वाइडेनलाई व्यवस्थित तरिकाले शक्ति हस्तान्तरण गर्ने समेत बताएका छन्। यद्यपि, उनी सपथ ग्रहण कार्यक्रममा सहभागी हुने सम्भावना निकै कम रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell