PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काँग्रेसले देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै, अधिकाँश शीर्ष नेता काठमाडौंमै



काँग्रेसले देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै, अधिकाँश शीर्ष नेता काठमाडौंमै

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले आज देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले पुस १९ गतेको केन्द्रीय समितिबाट थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

विरोध कार्यक्रमका लागि सम्बोधन गर्न काँग्रेस नेताहरु विभिन्न ठाउँ पुग्दैछन्। सभापति शेरबहादुर देउवाले भने बुढानीलकण्ठमै सम्बोधन गर्ने भएका छन्। उनले काठमाडौं क्षेत्र ५ अन्तर्गित प्रदेश सभा ख को कार्यक्रममा सम्बोधन गर्नेछन्।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल क्षेत्र ७ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र ख मा सहभागी हुँदैछन्। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनीमार्गमा सम्बोधन गर्दैछन्। यो काठमाडौं ६ को प्रदेश ‘क’ मा पर्दछ। नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सम्बोधन गर्नछन् भने गगन थापाले क्षेत्र ४ को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

काँग्रेसले माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell