PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मदन भण्डारी मरेर माधव नेपाल अध्यक्ष भए, अन्तैबाट च्यानल जोडेर प्रधानमन्त्री : ओली



मदन भण्डारी मरेर माधव नेपाल अध्यक्ष भए, अन्तैबाट च्यानल जोडेर प्रधानमन्त्री : ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल आफूले छोडेर अध्यक्ष भएको बताएका छन्। मदन भण्डारी मरेर र आफूले अध्यक्षको उम्मेद्वारी छोडेको भएरमात्रै अध्यक्ष भएको ओलीको टिप्पणी छ। युवा संघले राजधानीमा आयोजना गरेको भेलामा उनले नेकपाकै अर्को समूह माधव प्रचण्ड समूहलाई आक्रमण गरेका हुन्।

'अलि समय काम गरेको भएर माया पनि लाग्छ। हिजो उहाँलाई साथ दिने कोही छ उहाँसँग नारायणकाजी जनयुद्ध लडेको मान्छे हो। माधव नेपाल मदन भण्डारी मरेको र मैले छोडेको भएर अध्यक्ष भए र अन्तबाट च्यानल लगाएर प्रधानमन्त्री भए,' उनले भने।

प्रचण्डलाई पूर्व माओवादीका सबै नेताले छोडिसकेकाले उनी राजनीतिमा कमजोर बन्दै गएको ओलीको टिप्पणी छ।

'प्रचण्डसँग पुगेका मान्छे कस्ता छन्। माधव नेपाल नारायणकाजी। एउटा मौका आएको थियो लोकतान्त्रिक विश्वास आर्जन गर्ने,' उनले भने।

प्रचण्डप्रति आफूलाई दया लागेर आएको ओलीले कटाक्ष गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell