PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

बूढानीलकण्ठमा देउवा र पौडेलबीच बाझाबाझ, पौडेलले 'हामी जिउँदै छौ' भन्नसाथ जंगिए देउवा



बूढानीलकण्ठमा देउवा र पौडेलबीच बाझाबाझ, पौडेलले 'हामी जिउँदै छौ' भन्नसाथ जंगिए देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्दै गर्दा जंगिएका छन्।

आइतबार विहान देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रम राखिएको थियो। कार्यक्रममा पौडेल देउवा नजिकै थिए। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने विषयमा व्यख्या गर्दै थिए। सोही क्रममा पौडेलले संविधान बनाउने आफूहरु जिउँदै रहेको बताए।

उनले भने, 'संविधानमा कही पनि विघटन गर्ने ठाउँ छैन। प्रतिनिधिसभा विघटन हुनै सक्दैन भनेर लेखिएको छ। प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने। २ वर्ष नभई अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधान बनाउने हामी हौ। हामी यहाँ जिउँदै हुँदाहुँदै,' यति भनेपछि देउवा जंगिए।

जंगिँदै देउवाले भने, 'म पनि जिउँदै छु त यहाँ।' त्यसपछि पौडेलले सँगै थपे, 'तपाई हामी सबै हो त। हामी संविधान बनाउने रछ्यानमा फालेको सहेर बस्नु हुँदैन।'

त्यसपछि पौडेलले काँग्रेस संसद पुनर्स्थापनाको पक्षमा आवाज लिएर सडकमा जाने स्पष्ट पारे। भने, 'नेपाली काँग्रेस संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने आवाजका साथ सडकमा गएको छ र जान्छ जान्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell