PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ओली भन्छन्, 'यसरी विकासका काम कहिल्यै भएको थिएन, भारतसँगको सम्बन्धबारे तपाइकै पालामा किन छलफल हुन्छ भन्ने?'



ओली भन्छन्, 'यसरी विकासका काम कहिल्यै भएको थिएन, भारतसँगको सम्बन्धबारे तपाइकै पालामा किन छलफल हुन्छ भन्ने?'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्। आइतवार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधि सभा पाँच वर्ष चल्ने अपेक्षा भए पनि सत्तारुढ दलका कारण सम्भव नभएको बताए। 'हामीले सोचेका थियौ। प्रतिनिधि सभा ५ वर्ष चल्ने छ। आफूलाई लगातार देश र जनताको सेवा तथा संविधानको रक्षा कार्यान्वयनमा जानेछ भन्ने आशा थियो,' उनले भने।

पदलोलुपले पाँच वर्ष सरकार चलेन

राष्ट्रिय सभामा सम्बोधनका क्रममा ओलीले सरकारलाई आफ्नै पार्टीका नेताले काम गर्न नदिएको आरोप लगाए। 'सरकारलाई काम गर्न दिने वातावरण बनेन। सरकारलाई काममा ब्यवधान खडा गर्न, जहिले पनि झमेला मात्र सिर्जना गर्न केही व्यक्तिको पदलोलुपका कारण राजनीतिलाई फेरि बहुमतलाई टुक्याउने र फेरि अलोकतान्त्रिक जालझेल र तिकडम अस्थिरतातर्फ धकेल्ने,' उनले प्रश्न गरे।

संविधान बेठिक भो भन्ने निष्कर्ष निकाल्न प्रयास भएको ओलीको भनाई छ। 

ओलीले आफूले पाँचै वर्ष सरकार टिकाउन धेरै प्रयास गरेको बताएका छन्। 'मैले धेरै प्रयास गरे। भरसक पाँच वर्ष सरकार टिकोस्, जनताको इच्छा थियो। जनताको सरकार परिवर्तन होस् भन्ने जनताको इच्छा होइन,' उनले भने।

उनले दुई तिहाइको बहुमत भए पनि अस्वस्थ अवस्था सिर्जना भएको बताए। 'बहुमत प्राप्त पार्टीमा अस्वस्थ अवस्था सिर्जना भयो। वैशाख १३ देखि पुस ४ सम्म मात्र २ सय ८० वटा बैठक बसेका रहेछन्। ३५ वटा बैठक अन्यत्र रहेछन्,' उनले भने।

'यसरी कहिल्यै काम भएको थिएन'

ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्नो कार्यकालमा जस्तो अरु कुनै पनि सरकारका बेला काम नभएको दाबी गरेका छन्। उनले रानीपोखरीदेखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए।

'विकासलाई तीव्रताका साथ अघि बढाएका थियौं। रानीपोखरी धुलोले पुरिने अबस्था थिएन। अहिले रानीपोखरी तयार गरेर उद्घाटन गर्‍यौं,' उनले भने।

'भारतसँगको सम्बन्धबारे तपाइकै पालामा किन बढि छलफल हुन्छ?'

राष्ट्रिय सभा सदस्यसामु प्रम ओलीले भारतसँगको सम्बन्ध नबिग्रिएको दावी गरे। बाहिर सम्बन्ध राम्रो छ भन्ने र भित्र भित्रै शत्रुता कायम गर्ने काम आफ्नो पालामा नभएको उनको भनाई छ। 'भारतले भूभाग हड्पिएको थाहा छ तर भन्न नसक्ने। सम्बन्ध राम्रै छ भन्ने। सीमासँग समस्या भए खुलस्त छलफल गर्नुपर्छ,' उनले भने।

भारतसँगको सम्बन्धका बारे आफ्ना पालामा विभिन्न काम भएकाले छलफल/बहस हुनेगरेको उनको दावी छ।

'१९२८ देखि सिँचाइका लागि पानी गइरहेको छ। ९२/९३ वर्षबाट पानी गइरहेको छ। भारतसँगको सम्बन्धका बारेमा तपाइकै पालामा किन बहस हुन्छ भन्ने?' उनले प्रश्न गरे, 'हाम्रा खेतमा पानी नहुने। खेत बाजै राख्ने। मौका मिले राष्ट्रवादका ठूला गफ गर्ने। हाम्रो भूभाग सामेल  गरेर नक्सा प्रकाशन गरेपछि सम्बन्ध बिग्रन्छन्। अरुको भूमिमा दाबी गरेमा बिग्रने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell