PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमित वृद्धको मृत्यु



कोरोना संक्रमित वृद्धको मृत्यु
फाइल फोटो

कैलाली : धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको मृत्यु भएको हो।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत उनको आइतवार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उनी कडा खाले निमोनिया र स्वास प्रस्वासबाट ग्रसित थिए।

यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell