PahiloPost

Jul 3, 2024 | २० असार २०८१

‘फाइटर’मा दीपिकासँग पहिलोपटक उडान भर्दै ऋतिक रोशन



‘फाइटर’मा दीपिकासँग पहिलोपटक उडान भर्दै ऋतिक रोशन
PHOTO : bollywoodhungama

बलिउड अभिनेता ऋतिक रोशनले एक्सन फिल्म ‘फाइटर’बाट पहिलोपटक दीपिका पादुकोणसँग काम गर्दैछन्।

निर्देशक सिद्धार्थ आनन्दको प्रोडक्सन हाउस मारफ्लिक्सले निर्माण गर्न लागेको फाइटरबाट दीपिकासँग पहिलोपटक उडान भर्न लागेको ऋतिकले बताएका छन्।

आफ्नो जन्मदिनमा ऋतिकले ट्वीटरमार्फत मोशन पोस्टरसहित 'फाइटर'को घोषणा गरेका छन्। जसमा ऋतिकले बोलेको डायलग छ। 

सिद्धार्थसँग ऋतिकले यसअघि फिल्म एडी, ब्याङ ब्याङ र वारमा काम गरेका छन्। फाइटरमा सिद्धार्थ निर्माता बन्दा आफू उत्साहित भएको ऋतिकले उल्लेख गरेका छन्।

दीपिकाले पनि इंस्टाग्राममा फाइटरको मोशन पोस्टर शेयर गर्दै सपना साकार भएको उल्लेख गरेकी छन्।

निर्माता सिद्धार्थका अनुसार यो फिल्म ३० सेप्टेम्बर २०२२ मा प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell