PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा



सुमित मिश्र

राजेन्द्र महतोलाई जनकपुरमा युवाले देखाए कालो झण्डा

जनकपुरधाम : जनकपुरमा युवाहरुको एक समूहले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झाण्डा देखाएको छ।

मधेसी शहीदका सपनासँग खेलवाड गरेको आरोप लगाउँदै केही दिन अघिमात्रै नेकपाको केपी शर्मा ओली समूहमा प्रवेश गरेका युवा मुन्जय राउतले महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई विरोध गरेका हुन्।

प्रधानमन्त्री ओलीविरुद्ध जनकपुरमा जसपाले आयोजना गरेको विरोध सभामा जाने क्रममा महतोलाई कालो झण्डा देखाइएको हो। कालो झण्डा देखाउने राउत, प्रदीप मुखियासहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मधेस आन्दोलनको क्रममा नेता महतोले मधेसी शहीदको सपना पूरा गर्ने र शहीद परिवारलाई ५०/५० लाख राहत दिने घोषणा अझै कार्यान्वयन नगरेको भन्दै उनलाई कालो झण्डा देखाएको राउतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell