PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा कर्मचारीको ताला



सुमित मिश्र

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा कर्मचारीको ताला

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको कोभिड-१९ विशेष अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटेका कर्मचारीहरुले तलबभत्ताको माग गर्दै सोमवार प्रादेशिक अस्पतालको ओपीडी र आकस्मिक कक्षमा तालाबन्दी गरेका छन्।

संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका करारका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुलाई तलबभत्ता नदिएको भन्दै आन्दोलित कर्मचारीहरुले तलाबन्दी गरेका हुन्।

विगत ५ महिनाको भत्ता र १ महिनाको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै आफूहरुले ओपीडी र आकस्मिक कक्षमा तालाबन्दी गरेको एक कर्मचारीले बताए।

तलबभत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुष ५ गतेदेखि अस्पताल प्रशासनले काममा आउन रोक लगाएको र बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकोले आन्दोलनमा उत्रेका कर्मचारी दिपेन्द्र यादवले जानकारी दिए। कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित १०२ जना करार सेवाका कर्मचारीहरु आन्दोलित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell