भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले कोरोना भाइरसविरुद्ध उत्पादन गरिरहेको भ्याक्सिनको मूल्य प्रति डोज ३२१ नेपाली रुपैयाँ पर्ने भएको छ।
पहिला सेरमले ‘प्राइभेट मार्केट’मा आफ्नो भ्याक्सिनको मूल्य प्रति डोज करिब १६०० नेपाली रुपैयाँ र भारत सरकारको लागि करिब ४०० रुपैयाँ पर्ने जनाएको थियो। भारत सरकारले सेरमलाई आफ्नो भ्याक्सिनको मूल्य घटाउन आग्रह गर्दै आएको थियो।
CORRECTION: The vaccine would be available at the price of Rs 200 per dose*: Serum Institute of India (SII) officials#COVID19 https://t.co/9NdDRYXrGj pic.twitter.com/E2j0Ogv045
— ANI (@ANI) January 11, 2021
एस्ट्राजेनेकासँग मिलेर भारतमको एसआइआइले भ्यक्सिन निर्माण गरिरहेको हो। भारत सरकारले एसआइआइसँग धेरै मात्रामा भ्याक्सिन खरिद गर्न अर्डर दिएको एएनआइले जनाएको छ।
भारतले जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध निर्माण भएको भ्याक्सिनको डोज लगाउन सुरु गर्ने तयारी गरेको छ।