PahiloPost

Oct 13, 2024 | २७ असोज २०८१

म कामचलाउ प्रधानमन्त्री होइन, प्रचण्डको चरित्र अस्थिर छ : प्रधानमन्त्री ओली



म कामचलाउ प्रधानमन्त्री होइन, प्रचण्डको चरित्र अस्थिर छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको बताएका छन्। भारतीय संचारमाध्यम विअन न्यूजसँग कुरा गर्दै ओलीले आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन्।

विअन न्यूजकी पल्की शर्मा उपाध्यायले तपाई प्रधानमन्त्री कि कामचलाउ प्रधानमन्त्री भन्ने प्रश्नमा ओलीले भने, ‘म प्रधानमन्त्री हुँ, कामचलाउ होइन। कामचलाउ प्रधानमन्त्रीको प्रावधान हाम्रो संविधानमा छैन। एउटा अवस्थामा मात्रै प्रधानमन्त्री कामचलाउ हुन्छ। संसद नभएको अवस्थामा यदी प्रधानमन्त्रीको पद खाली हुन्छ भने त्यस्तो अवस्थामा वरिष्ठ मन्त्री कामचलाउ हुने बाहेक अर्को प्रावधान छैन।’

नेपालमा प्रतिनिधिसभा विघटन र भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे मतभेद भइरहँदा ओलीले भारतीय संचारमाध्यलाई अन्तर्वाता दिएका हो।

प्रचण्डसँ सम्बन्धका बारेमा सोधिएको प्रश्नमा ओलीले भने,  ‘प्रचण्डको इतिहास सबैलाई थाहा छ। प्रचण्डको चरित्र अस्थिर छ।’

उनले प्रचण्ड अझै आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ‘दोस्रो अध्यक्ष’ भएको बताए। आफूले अहिलेसम्म पार्टी विभाजन भएको घोषणा नगरेको भन्दै उनले प्रचण्ड र माधव नेपाल पक्षले अहिले गरिरहेको काम देख्दा आश्चर्य लागेको बताए। साथै उनले प्रतिनिधिसभा विघटन गर्नु संवैधानिक भएको भन्दै ‘कू’ को अर्थ नै थाहा नभएकाहरु अहिले कराइरहेको टिप्पणी गरे।

भारत-चीनसँगको सम्बन्ध

अन्तर्वार्तामा ओलीले भारतसँग अहिले केही समस्या मात्रै भएको र सन् २०२१ मा दुवै देशबीच कुनै समस्या नहनु दाबी गरे।

‘अहिले भारतसँग सानो समस्या छ लिम्पियाधुरा,लिपिलेक र कालापानीलाई लिएर। अनि सुस्तामा केही विवाद छ। अरु केही क्षेत्रमा पनि होला। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। यो सबै वार्ताको माध्यमबाट हल हुन्छ।  सन् २०२१ मा नेपाल र भारतबीच कुनै विवाद नभएको घोषणा हुन्छ’ ओलीले भने।

ओलीले लिम्पियाधुरा विवाद बारेमा भारतीय पक्षसँग छलफल भइरहेको समेत बताए। उनले नेपाल क्षेत्रफल र शक्तिको आकारमा सानो नभएपनि आफ्नो भूमि माग्ने बताए।

‘भारत र चीनको भूमि दाबी गर्ने पोजिसनमा नेपाल छैन। न क्षेत्रफलको हिसाबले न शक्तिको हिसाबले। तर साथीको रुपमा हामी हाम्रो भूमि फिर्ता माग्छौं’ ओलीले भने।

ओलीले भारतसँग आफ्नो सम्बन्ध पहिला भन्दा राम्रो र सुदृढ भएको दाबी समेत गरे। साथै चीनसँग पनि कुनै समस्या नभएको बताए।

ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छुट भारत वा चीन कसैलाई नभएको भन्दै नेपाल सबैसँग मिलेर अघि बढ्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell