PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सलमानबाट सिकेर सैफमा प्रयोग, ७ वर्ष पुरानो ‘ताण्डव’ ६० दिनमै सम्पन्न



सलमानबाट सिकेर सैफमा प्रयोग, ७ वर्ष पुरानो ‘ताण्डव’ ६० दिनमै सम्पन्न

निर्देशक अली अब्बासले टेलिभिजन सिरिज ‘ताण्डव’को ट्रेलर रिलिज गरिसकेका छन्।

राजनीतिक कथा भएको सिरिजमा सैफ अली खान मुख्य राजनीतिज्ञको भूमिकामा छन्। ट्रेलरको चर्चा भइरहेका बेला भास्करसँगको कुराकानीमा निर्देशक अब्बासले ७ वर्ष अघि नै ताण्डवको कथा तयार भएको बताएका छन्।

राजनीति आकर्षक शीर्षक भएको भन्दै धेरै मान्छेले अहिले यसलाई मन पराउने उनले उल्लेख गरेका छन्। ‘मलाई लाग्छ कि ‘ताण्डव’ जस्तो पोलिटिकल ड्रामा मानिसहरुले मन पराउनेछन्।’

अलीले ताण्डवलाई शेक्सपियरका कथासँग तुलना गरेका छन्।

सिरिजमा सैफ समर प्राप्त सिंहको भूमिकामा स्मार्ट पोलिटिसियनका रुपमा देखिएका छन्। अनुराधाको रोलमा डिम्पल कपाडिया छिन्।

अलीले शुटिङ सजिलै सकिएको र ९ भागलाई ६० दिनमै सम्पन्न गरिएको बताए।

निर्देशक अब्बासले सलमान खानबाट सिकेर आफूले सैफमा प्रयोग गरेको पनि बताए। सलमान र सैफ आफूलाई दुबै उस्तै लाग्ने र मिजासिलो व्यवहार गर्ने उनको अनुभव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell