PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्रम्पलाई हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित,  आफूबाट यस्तो काम नहुने पेन्सको भनाई



ट्रम्पलाई हटाउन उपराष्ट्रपतिलाई आग्रह गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित,  आफूबाट यस्तो काम नहुने पेन्सको भनाई
फोटो : Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानको २५ औं संशोधन लगाएर पदबाट हटाउनका लागि उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव संसदको तल्लो सदन प्रतिनिधि सभाबाट पारित भएको छ। यस प्रस्तावमा राति साढे १० बजे मदतान भएको थियो। २५ औं संशोधनको पक्षमा २२३ मत खसेको छ भने विपक्षमा २०५ मत खसेको छ। एक जना रिपब्लिकन सांसदले ट्रम्पलाई हटाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका छन्।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान स्थानीय समयअनुसार बुधवार ९ बजे बस्नेछ। जनवरी ६ मा सिनेटमा भएको दंगा राष्ट्रपति ट्रम्पले उक्साएको भिडका कारण भएको उल्लेख गर्दै अमेरिकी संसदले यो प्रस्ताव ल्याएको हो। २५ औं संशोधनका लागि उपराष्ट्रपति पेन्सले कदम चाल्नुपर्ने हुन्छ। तर उपराष्ट्रपति माइक पेन्सले हाउस स्पीकर न्यान्सी पेलोसीलाई एक पत्र लेखेर २५ औं संशोधनको प्रयोग गरेर राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्तावलाई आफूले समर्थन नगर्ने बताइसकेका छन्। यस्तो तरिकाबाट राष्ट्रपतिलाई हटाउँदा एउटा भयानक नजिर स्थापना हुने बताएका छन्।

योसँगै ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा संसदको तल्लो सदन प्रतिनिधिसभामा बुधबार मतदान हुने छ। महाअभियोग प्रस्तावबारेको छलफल र मतदानका लागि बुधबार विहान ९ बजे बैठक डाकिएको हो।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावको पाठ सार्वजनिक गरिसकिएको छ। ट्रम्पविरुद्ध दोश्रोपटक महाअभियोग प्रस्ताव ल्याइएको हो।

यही विषयमाथि टेक्सासमा पहिलो प्रतिक्रिया दिँदै ट्रम्पले संविधानको २५ औं संशोधनले आफूलाई कुनै जोखिम नरहेको बरु यसले जो बाइडेन र उनको प्रशासन सिकार बन्ने उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell