PahiloPost

Jul 3, 2024 | २० असार २०८१

देशभर दौड जुलुस र सिठ्ठी जुलुस निकाल्न नेविसंघ केन्द्रको परिपत्र



देशभर दौड जुलुस र सिठ्ठी जुलुस निकाल्न नेविसंघ केन्द्रको परिपत्र

काठमाडौं : नेपाल विद्यार्थी संघले देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ। माउ पार्टी नेपाली काँग्रेसले देशभरका स्थानीय तह र वडामा आयोजना गर्न लागिएको विरोध कार्यक्रमको प्रचारका लागि जुलुस निकाल्न सबै जिल्लाका अध्यक्षलाई केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले परिपत्र गरेका छन्।

जसअन्तर्गत माघ २ गते ७७ वटै जिल्लामा दौड जुलुस हुने नेविसंघले जनाएको छ। माघ ३ मा काँग्रेसले सबै स्थानीय तहमा विरोध सभा राख्दैछ। यसको प्रचारका लागि नेविसंघले दौड जुलुस कार्यक्रम राखेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जनाए।

त्यसैगरी माघ ७ गते देशभर सिठ्ठी जुलुस हुने भएको छ। माघ ८ गते काँग्रेसले देशभरका ६७४३ वडामा विरोध सभा राख्दैछ। सोही सभाको प्रचरात्मक अभियानका लागि नेविसंघले सिठ्ठी जुलुस आयोजना गर्न लागेको हो। त्यसैगरी नेविसंघले माघ १० देखि १६ गतेसम्म 'लोकतन्त्र र संविधानको रक्षार्थ खबरदारी एवं जागरण अभियान' शीर्षकमा शहीद सप्ताह कार्यक्रम गर्न जिल्लालाई परिपत्रमार्फन आग्रह गरिएको छ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell