PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भ्रष्टाचारको आरोप लागेपछि इस्टोनियाका प्रधानमन्त्रीले दिए राजीनामा



भ्रष्टाचारको आरोप लागेपछि इस्टोनियाका प्रधानमन्त्रीले दिए राजीनामा
estonianworld.com

इस्टोनियाका प्रधानमन्त्री जुरी रटासले राजीनामा दिएका छन्। सेन्टर पार्टीका प्रमुख समेत रहेका रटासले भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिएको इस्टोनिया वर्ल्डले उल्लेख गरेको छ।

जनवरी १२ मा सरकारी अधिकारीहरुले सेन्टर पार्टीका महासचिव मिहेल कर्ब सहित ५ जना भ्रष्टाचारमा संलग्न भएको दाबी गरेका थिए।

मिहेल कर्बले ३९ मिलियन युरोप ऋणको सट्टामा उद्योगीहरुसँग पार्टीलाई करोडौं रुपैयाँ सहयोग गर्न दबाब दिएको आरोप लगाइएको छ। उक्त कार्यका लागि सत्तारुढ गठबन्धन पार्टीहरुको सहमति चाहिने बताइएको छ।

आरोप लागेपछि कर्बले पार्टी महासचिव पदबाट राजीनामा दिएका थिए। त्यसपटि बसेको पार्टीको बैठकबाट प्रधानमन्त्री जुरी रटासले समेत राजीनामा घोषणा गरेका हुन्।

रटास सन् २०१६ नोभेम्बरदेखि प्रधानमन्त्री बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell