PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोभिड १९ अपडेट : ४४५ संक्रमित थपिए, ४१४ जना डिस्चार्ज भए



कोभिड १९ अपडेट : ४४५ संक्रमित थपिए, ४१४ जना डिस्चार्ज भए

काठमाडौं : पछिल्लो २४ घण्टामा ४४५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।

आज ४१४ जना कोरोना संक्रमण मुक्त भए। देशभर हाल ४ हजार ४३४ जना मात्रै सक्रिय कोराना संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर हालसम्म १ हजार ९३७ जना संक्रमितको मृत्यु भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell