PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

बिहानै भद्रकालीमा पल्टियो बस, चालक घाइते

बिहानै भद्रकालीमा पल्टियो बस, चालक घाइते


काठमाडौं : काठमाडौंको भद्रकालीमा बिहानै बस दुर्घटना भएको छ। बा ३ ख ४४३७ नम्बरको चन्द्रगिरी यातायातको सार्वजनिक बस दुर्घटना भएको हो।

बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी चालक सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बस पल्टिएपछि उक्त रुट प्रभावित बनेको छ। बसलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell