PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

क्रियाशिल दलित पत्रकार संघको अध्यक्षमा सुनार



क्रियाशिल दलित पत्रकार संघको अध्यक्षमा सुनार

काठमाडौं : क्रियाशिल दलित पत्रकार संघ नेपालको केन्द्रीय समितिको अध्यक्षमा नागरिक दैनिककी पवित्रा सुनार निर्वाचित भएकी छिन्। मंगलवार राजधानीमा सम्पन्न प्रथम साधरण सभाले सुनारलाई निर्वाचित गरेको हो। सभाले १७ सदस्यीय समितिसमेत गठन गरेको छ।

समितिको उपाध्यक्षमा नेपाल प्रेस डटकमका  केशव भुल र नेपाल दर्पणका पत्रकार केशर गदाइली निर्वाचित भएका छन् भने महासचिवमा अनलाइन खबरका विश्वास खड्गाथोकी निर्वाचित भएका छन्। त्यसैगरी कोषाध्यक्षमा द हिमालयकी सिर्जना बराल,  सचिवमा सन्देश परियार, रमेश टमट्टा र प्रदेश सचिवमा धर्मसिंह बिक र निर्वाचित भएका छन्।

सदस्यहरुमा द काठमाडौं प्रेसकी सरिशा अछामी, नयाँ पत्रिका दैनिकका प्रकाश द्यौलाकोटी र मन्जु टेलर, आर्थिक अभियानका मिलन विश्वकर्मा, इमेज टेलिभिजनकी रुपा सुनार, अर्थतन्त्र डटकमका विक्रम सुनार, समाचारपत्र दैनिकका बिष्णु परियार, मदन विश्वकर्मा छन्।

क्रियाशिल दलित पत्रकारहरुलाई संगठित गरी उनीहरुको मिडियामा पहुँच बढाउने,  पेशागत हकहित र विकासका लागि नीति ल्याउने,  रोजगारीको लागि पहल गर्ने, उनीहरुको प्राज्ञिक तथा सिप विकास गर्ने,  सूचना प्रबिधिको युग अनुसार आवश्यक मल्टी मिडिया र अन्य  तालिमको व्यवस्था गर्ने, दलित समुदाय माथि भएका हिंसा तथा विभेदका घटनालाई संघको संजाल मार्फत उजागार गर्ने संघले जनाएको छ।

सभाको उट्घाटन सूचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आफु मन्त्री रहँदा र नरहँदा दुवै अवस्थामा दलित समुदायको मुद्दामा सहयोग पुर्‍याउने बतए । ‘समतामुलक समाज भएको भए क्रियाशिल दलित पत्रकारसंघको स्थापना आवश्यकता थिएन,’ उनले भने, ‘क्रियाशिल दलित पत्रकार अग्रग पत्रकारलाई अझ उत्साहित गर्न संचार तथा सूचना प्रबिधी मन्त्रालयले सहकार्य गर्नेछ।’  

सभाले पत्रकारिता पेशामा लामो समय योगदान पुर्‍याएका चार पत्रकारहरुलाई सम्मानित गरेको छ। सम्मानित हुनेहरुमा खोप पत्रकारिता अनुसन्धान केन्द्रका सम्पादक बाबुराम विश्वकर्मा, कान्तिपुर टेलिभिजनका पूर्व पत्रकार प्रकाशचन्द्र परियार, काठमाडौं प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मा र सम्पादक गोविन्द परियार छन्।

समारोहमा नेपाल पत्रकार संघ, गैरसरकारी संस्था महासंघ, दलित महिला संघ, मधेशी पत्रकार समाज, जागरण मिडिया सेन्टर, आर्थिक पत्रकार मंच, समता फाउण्डेशनका प्रतिनिधिहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell