PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्ता छन् भ्रमणका एजेन्डा



परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यस्ता छन् भ्रमणका एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्।

परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ।

दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीको टोलीमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरु सहभागी छन्। मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell