PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बागमती अध्यक्ष कपको उपाधि 'छोर्गे बि'लाई



बागमती अध्यक्ष कपको उपाधि 'छोर्गे बि'लाई

ललितपुर : ललितपुरको बागमती गाउँपालिकाले आयोजना गरेको 'बागमती अध्यक्ष कप' फुटबल प्रतियोगिताको उपाधि छोर्गे युवा क्लब 'बि'ले हात पारेको छ। बुधवार सम्पन्न फाइनलमा छोर्गे युवा क्लबको ए लाई पराजित गर्दै छोर्गे युवा क्लब बि टिम उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेल ट्राइ ब्रेकरबाट छिनोफानो गरिएको थियो।

गाउँपालिकाको वडा ४ मा रहेको प्युटारस्थित खयरघारी खेलमैदानमा पुस २५ शुरु भएको खेलमा १४ टिमको सहभागिता रहेको थियो। प्रतियोगतामा वसन्त युवा क्लब तेस्रो भयो। पहिलो हुन सफल टिमले एक लाख रुपैयाँ नगद र ट्रफी, दोस्रो टिमले ५० हजार रुपैयाँ नगद र तेस्रोले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाए।

समापन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी कराँते तर्फबाट स्वर्ण विजेता वडा नं ६ पुष्पराज नेगी र वडा नं ६ प्रमेश भोम्जनलाई कदरपत्रबाट सम्मान गरिएको थियो। गाउँपालिकाका आर्थिक सहयोग र बागमती खेलकुद समितिको सह आयोजनामा भएको खेलको समापन गाउँपालिका अध्यक्षले वीरबहादुर लोप्चनले गरेका थिए।

अध्यक्ष लोप्चनले युवालाई खेलको माध्यमबाट अघि बढाउन प्रतियोगिताको प्रयास थालिएको बताए। भने, “युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गरिसकेका छौं।' खयरघारी खेल मैदान गाउँपालिकाको प्रमुख मैदान भएको हुँदा आर्थिक वर्ष २०७६/७७ मा १५ लाख रुपैयाँ विनियोजन गरी सुधारका काम गर्नुका साथै आउँदो आर्थिक वर्षमा पनि केही बजेट विनियोजन गरेर सुविधासम्पन्न मैदान बनाउने योजना रहेको अध्यक्ष लोप्चनको भनाइ छ।

गाउँपालिकाकी उपाध्यक्ष रञ्जना तिमिल्सिनाले छिटै गाउँपालिका उपाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगिता पनि आयोजना गर्ने बताइन्। गाउँपालिकाका प्रशासकिय अधिकृत खम्बराज राईले खेलकुदको माध्यमबाट नै उर्जा बढ्ने उल्लेख गर्दै यही प्रतियोगिताबाट पनि धेरै खेलाडी उत्पादन भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell