PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

माघे संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज, सम्बन्ध विस्तारको एउटा अटुट माध्यम



सुमित मिश्र

माघे संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज, सम्बन्ध विस्तारको एउटा अटुट माध्यम

जनकपुरधाम : माघे संक्रान्तिको अवसरमा बिहीवार प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा खिचडी भोजको आयोजना गरिएको छ। जनकपुरको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो।

स्थानीय जानकी चोकका दुई दर्जन युवाहरुको आयोजनामा खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए। भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत नौ वर्षदेखि यस भोजको आयोजन हुँदै आएको कर्णले बताए। यो खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता हुनुपर्ने स्थानीय विरेन्द्र कर्णले बताए।

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिएको थियो। भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell