PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमण मुक्त भएकाहरुमा पाँच महिनासम्म इम्युनिटी रहन्छ : बेलायती अध्ययन



कोरोना संक्रमण मुक्त भएकाहरुमा पाँच महिनासम्म इम्युनिटी रहन्छ : बेलायती अध्ययन

कोरोना संक्रमण मुक्त भएको करिब पाँच महिनासम्म पुन: संक्रमण हुने सम्भावना नदेखिएको एक अनुसन्धानले देखाएको छ। बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको अनुसन्धानबाट आएको नतिजाबाट उक्त दाबी गरिएको हो।

वैज्ञानिकहरुले पहिला नै संक्रमित भइसकेका व्यक्तिहरुमा पुन: संक्रमण हुने सम्भावना ८३ प्रतिशत नभएको बताएका हुन्। यद्यपि, केही व्यक्तिहरुमा पुन: संक्रमण हुन सक्ने र सो भाइरस अरुलाई पनि सर्न सक्ने अनुसन्धानका क्रममा देखिएको छ।

हाल बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएसँगै फेरि प्रतिबन्धहरु लगाइएका छन्। त्यसैले अधिकारीहरुले संक्रमित भएपनि नभएपनि घरभित्रै बस्न सबैलाई आग्रह गरेका छन्।

अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक सुसन हपकिन्सले अनुसन्धानको क्रममा संक्रमित भएकाहरुमा करिब ५ महिना इम्युनिटी बढ्ने देखिएको बताए। उनले अनुसन्धानका नतिजा प्रभावकारी देखिएपनि संक्रमणको जोखिम कम भइनसकेको भन्दै सतर्कता अपनाउन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell