PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा



कोरोना भाइरसको उत्पत्ति बारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा
PHOTO : GETTY IMAGES

कोरोना भाइरस बारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको वुहान पुगेको छ। सन् २०१९ को डिसेम्बरमा वुहानबाटै कोरोना भाइरस महामारीको सुरुवात भएको थियो।

डब्लुएचओ र चीन सरकारबीच लामो संवादपछि भाइरसको उत्पत्ति र त्यसको प्रभावबारेमा अध्ययन गर्न डब्लुएचओको टोली वुहान पुगेको हो।

करिब १० जना वैज्ञानिकको टोलीले वुहानमा रहेर विभिन्न इन्स्टिच्युट, अस्पताल र बजारहरुमा मानिसहरुसँग अन्तर्वार्ता लिनेछन्।

हाल वुहानमा कोरोना संक्रमणको अवस्था न्यून रहेपनि केही समयअघि मात्रै चीनको उत्तरी भेगमा कोभिड १९ को नयाँ प्रकार देखिएको थियो।

अनुसन्धान गर्नुअघि डब्लुएचओको टोली दुई हप्तासम्म क्वारेन्टाइनमा रहनेछन्। उनीहरुको अनुसन्धान चिनियाँ अधिकारीहरुले दिने सूचनामा निर्भर गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell