PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'प्रधानमन्त्री र न्यायाधीशबीच भएको भेट' बारे संवैधानिक इजलासमा सोधियो प्रश्न



'प्रधानमन्त्री र न्यायाधीशबीच भएको भेट' बारे संवैधानिक इजलासमा सोधियो प्रश्न

काठमाडौं : संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई भइरहेको छ। आजको बहसका क्रममा निवेदक तर्फबाट प्रस्तुत भएकी शशी श्रेष्ठले सर्वोच्चका 'न्यायाधीश र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट' भएको सुन्नमा आएको भन्दै प्रश्न उठाइन्।

पुस २६ गते न्यायाधीश हरिकृष्ण श्रेष्ठ, दीपक कार्की, मीरा खड्का र सपना प्रधान मल्लले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटेको भन्ने समाचार बाहिरिएको विषय श्रेष्ठले इजलासमा उठाएकी हुन्।

उनले सरकारविरुद्ध मुद्दा चलिरहेको बेला न्यायाधीशहरुले यसरी कार्यपालिका प्रमुखलाई भेट्दा कस्तो सन्देश जान्छ भनेर प्रश्न समेत गरिन्।

उनले न्यायाधीशहरुले स्वच्छ र निष्पक्ष काम गर्ने विश्वास आफूलाई रहेको भन्दै प्रधानमन्त्रीसँगको भेटको बारेमा जवाफ मागेकी हुन्।

न्यायाधीशहरुले भने श्रेष्ठले बोल्दै गर्दा 'यस्तो कुरा नगर्नुस्' भन्दै रोकेका थिए।

श्रेष्ठले भने न्यायाधीशले प्रधानमन्त्रीलाई भेट्नु आचारसंहिता उल्लंघन भएको भन्दै बोलिरहिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell