PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कंगना रनौतको फिल्ममाथि चोरीको आरोप, निर्माताले गरे खण्डन



कंगना रनौतको फिल्ममाथि चोरीको आरोप, निर्माताले गरे खण्डन

कंगना रनौतको आगामी फिल्म 'मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा' माथि लेखक आशीष कौलले कथा चोरेको आरोप लगाएका छन्। यद्यपि फिल्म निर्माता कमल जैनले भने आरोपको खण्डन गरेका छन्। 'म आशीष कौललाई चिन्दिन। मैले उनको किताब पनि पढेको छैन,' उनले भनेका छन्।

निर्माता जैनले १९५० भन्दा पहिलेका वीर र वीरांगनाहरुको कथामा कपीराइट्स नलाग्ने पनि जिकिर गरेका छन्। 'झासी की रानी' को कथामा फिल्म बनाउँदा पनि कसैको राइट्स लिनुनपरेको स्पष्ट पारे।

कश्‍मीरी पण्डित आशीष कौलले भने आफूले कश्‍मीरको वीरांगना दिद्दामाथि किताब लेखेको बताएका छन्। यसको विमोचन आफूले अमिताभ बच्‍चनको हातबाट गराएको जानकारी गराएका छन्। यो विषयमा अरुले किताब नै नलेखेको भन्दै कसरी फिल्म बन्यो भनेर प्रश्न गरेका छन्। उनले कहाँसम्मको न्याय हो भनी प्रश्न गरेका छन्।

तर निर्माता जैनले भने आफूले छिट्टै यो कथाको लेखक सार्वजनिक गर्ने बताएका छन्।

कंगनाले मकर संक्रान्तिको अवसरमा 'मणिकर्णिका' फ्रेन्चाइजीको दोस्रो फिल्म 'मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा' का रुपमा सार्वजनिक गरेपछि विवाद चर्किएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell