PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनाका कारण 'मृत शहर' बनेको वुहान एकवर्षपछि जगमगाउँदै

कोरोनाका कारण 'मृत शहर' बनेको वुहान एकवर्षपछि जगमगाउँदै


कोभिड १९ संक्रमण सुरु भएको चीनको वुहान एक वर्षपछि अहिले महामारी पहिले कै पुरानै गतिमा फर्किएको छ। अहिले वुहानका पसलहरु सबै खुलिसके, रेष्टुराँहरुमा परिवारका सदस्यहरु डिनरका लागि पुगिरहेका छन्। मानिसको चहलपहल बढेसँगै शहरमा रात्रिकालिन जमघट बढेको छ। मास्क भने अझ मुखमा देखिन्छ।

गत वर्ष अहिलेको समयमा कोरोना भाइरसका कारण वुहानमा बस्दै आएका १ करोड भन्द बढी मानिस प्रभावित भएका थिए। लाखौंमा संक्रमण देखिँदा ३ हजार ८०० भन्दा बढीले संक्रमणका कारण ज्यान गुमाए।

याङतेज नदीको किनारमा रहेको ‘कमर्सियल हब’ वुहान गत वर्ष जनवरीदेखि अप्रिलसम्म लकडाउनमा रह्यो। त्यसपछि पनि वुहानमा कयौं प्रतिबन्ध लगाइएका थिए।

चीनमै सबैभन्दा बढी संक्रमण देखिएको वुहान अहिले संक्रमणको जोखिमबाट सुरक्षित भइसकेको छ। कुनै समय ‘मृत शहर’ बनिसकेको वुहान अहिले फेरि जगमगाएको छ।

अर्को वर्ष लुनार न्यू एयरको विदा हुने भएकाले अधिकारीहरु भने संक्रमण फैलिन सक्ने बारेमा सर्तक छन्।

अहिले भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु पनि वुहानमा छन्। उनीहरुले त्यहाँ भाइरसको उत्पत्तिका साथै असरको बारेमा अध्ययन गर्नेछन्।

Photo Story : AP NEWS   


ट्रेन्डिङ पोस्ट

Ncell