PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रकाशमानको प्रश्न : प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ?



प्रकाशमानको प्रश्न : प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ?

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन सिफारिस गरेको उल्लेख गर्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध शनिवार वसन्तपुरमा आयोजित सभामा सिंहले प्रश्न गरे, 'प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ?'

उनले राष्ट्र पति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने उल्लेख गर्दै थपे, 'मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ? कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो। निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन।'  उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ? भनी प्रश्नसमेत गरेका थिए।

प्रकाशमानले संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि राष्ट्रपति त्यसमा चुकेको बताए।

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपल, झलनाथ खनाल कत‌ै नबोलेको उल्लेख गर्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell