PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

माउन्ट केटुमा नेपाली टोलीले रच्यो इतिहास, हिउँदमा 'साभेज माउन्टेन'को शिखरसम्म कीर्तिमानी आरोहण



माउन्ट केटुमा नेपाली टोलीले रच्यो इतिहास, हिउँदमा 'साभेज माउन्टेन'को शिखरसम्म कीर्तिमानी आरोहण
Photo : Mountain Planet

काठमाडौं : नेपाली टोलीले हिउँदमा केटु हिमालको सफल आरोहण गरेर इतिहास रचेका छन्। मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले कीर्तिमान बनाएको हो।

शनिवार साँझ करिब ५: ४५ बजे उनीहरु केटु शिखरमा पुगेका हुन्।

 माउन्ट केटुको क्याम्प ३ मा नेपाली टोली। तस्विर : मिङ्मा शेर्पा/ फेसबुक

सगरमाथापछि विश्वकै अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमाल मध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।

माउन्ट केटु लाई आरोहणका लागि संसारकै खतरनाक हिमाल मानिन्छ। सन् १९५३ मा केटु शिखर आरोहण टोलीमा रहेका अमेरिकी पर्वतारोही जर्ज बेलले भनेका थिए,‘  यो साभेज माउन्टेन हो जसले तपाईलाई मार्न खोज्छ।’  त्यसयता यो हिमाललाई ‘साभेज माउन्टेन’को नामले समेत चिनिन्छ।

सन् १९५४ मा यो हिमालमा इटालियन टोलीले सफलतापूर्वक आरोहण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell