PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध जनकपुरमा कांग्रेसको मोटरसाइकल र्‍याली



सुमित मिश्र

प्रतिनिधिसभा विघटनविरुद्ध जनकपुरमा कांग्रेसको मोटरसाइकल र्‍याली

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ।

पूर्व घोषित कार्यक्रम अन्तर्गत प्रदेश २ को १ सय ३६ वटा स्थानीय तहमा समेत नेपाली कांग्रेसले आज मोटरसाइकल र्‍याली निकालेको हो। जनकपुरधाम उपमहानगरपालिकामा पनि हजारौँको संख्यामा मोटरसाइकल र्‍याली निकालिएको छ। गोपाल धर्मशालाबाट निस्केको मोटरसाइकल र्‍याली रामचोक, सोनारपट्टी, कपिलेश्वर, महुवा, कनकपट्टी, तेतरिया बजार, पुलचोक, सिताचोक, शुभचोक, धनुषा पथ हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो।

संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको कांग्रेसको ठहर छ। शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका कार्यकर्ता र समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका थिए।

यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिवार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ भने माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell