PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बाल साहित्य समाजको अध्यक्षमा ध्रुव घिमिरे निर्वाचित



बाल साहित्य समाजको अध्यक्षमा ध्रुव घिमिरे निर्वाचित

काठमाडौं : नेपाल बाल साहित्य समाजको अध्यक्षमा डा ध्रुव घिमिरे निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी केदार श्रेष्ठले ६७ मत पाउँदा घिमिरेले १०६ मत प्राप्त गरे। राजधानीको पद्मकन्या क्याम्पसमा शनिवार समितिको नयाँ कार्यसमितिको लागि मतदान भएको हो।

यता उपाध्यक्षमा प्रमोद प्रधान निर्वाचित भएका छन्। प्रधानले ११७ मत पाउँदा उनका प्रतिद्वन्द्वी कृष्णदीप सिग्देलले ५५ मत पाए।

समाजको महासचिवमा यशु श्रेष्ठ ९६ मतका साथ निर्वाचित भए। उनका प्रतिद्वन्द्वी विजयराज आचार्यले ७४ मत पाए। सचिवमा ८८ मत पाउँदै यादेवी ढकाल निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी सूर्य बिसीले ८४ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा भने राजेन्द्रभक्त प्रधान यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृका पोखरेलले जानकारी दिए।

समाजको सदस्यहरुमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा,सजनी नौबागे, उद्वव प्याकुरेल र एकराम सिंनिर्वचित भए। पहिलोपटक समाजको निर्वाचनमा अनलाइन भोटिङको समेत प्रबन्ध गरिएको र ९० प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिए।

'निर्वाचन शान्तिपूर्वक भयो। ९० प्रतिशत मतदान भयो। नेपालबाहिर रहेका र काठमाडौं बाहिर रहेका ६० जनाका लागि अनलाइन मतदानको व्यवस्था थियो। यो समाजको निर्वाचनमा पहिलोपटक प्रयोग गरिएको हो,' पोखरेलले भने।

कूल १९३ मतदाता रहेको समाजको निर्वाचनमा अनलाइन तथा प्रत्यक्ष दुवै गरी कूल १७३ मत खसेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell