PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रचण्डसँग ‘असल मित्रता’ गाँसेका माधवलाई पोखरेलको प्रश्न, ‘यो पार्टीविरुद्ध घात भएन र कमरेड?’



प्रचण्डसँग ‘असल मित्रता’ गाँसेका माधवलाई पोखरेलको प्रश्न, ‘यो पार्टीविरुद्ध घात भएन र कमरेड?’
File Photo

काठमाडौं : लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच बढ्दै गइरहेको सम्बन्धबारे टिप्पणी गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएपछि प्रचण्ड र नेपालले आफूहरु असल मित्र भएको बताउँदै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पोखरेलले नेपालले प्रचण्डसँग आफ्नो पुरानो सम्बन्ध रहेको भन्दै दिएको अभिव्यक्तिको प्रतिवाद गरेका हुन्।

नेपाललाई पुराना दिनको स्मरण गराउँदै पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार माओवादी उग्र वामपंथको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतमलगायत तत्कालिन एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नु भएको थियो।’

शान्ति प्रक्रियामा ल्याउन पहल गर्नु र प्रचण्डसँग सहकार्य गर्नु फरक भएको पोखरेलको तर्क छ। सशस्त्र द्वन्द्वमा प्रचण्डसँग सहकार्य गर्नु पार्टी घात भएको उनको भनाइ छ।

‘माओवादी नेता प्रचण्डसँगको सहकार्यमा रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड?,’ उनले भनेका छन्।

नेपालले प्रचण्डले अघि सारेको राजनीतिक बाटोलाई उग्रवामपंथी भनेको भन्दै सत्य नबिर्सिन नेपाललाई आग्रह समेत गरेका छन्।

‘लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र? यति छिट्टै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र?,’ उनले प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell