PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

निर्वाचन आयोगलाई ऐन सम्झाउँदै प्रचण्ड-माधव समूह, ‘चुनावको मिति घोषणा गर्न आयोगसँग किन गरिएन परामर्श?’



निर्वाचन आयोगलाई ऐन सम्झाउँदै प्रचण्ड-माधव समूह, ‘चुनावको मिति घोषणा गर्न आयोगसँग किन गरिएन परामर्श?’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँगको परामर्शबिनै सरकारले चुनावको मिति तोकेको भन्दै आपत्ति जनाएको छ।

निर्वाचन आयोगले आइतवार मतदान केन्द्र, मतदाता नामावलीको अद्यावधि लगायतका गतिविधि गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आयोगको केन्द्रीय कार्यालय बोलाएको थियो।

छलफलमा भाग लिदै प्रचण्ड-नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले सरकारले निर्वाचन आयोगसँग सरकारले परामर्श नगरी मिति तोकेको भन्दै आपत्ति जनाएका हुन्। लिखित परामर्शबिना मिति तोकिनु कानुनविपरित भएको उनको तर्क थियो।

निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदफा एक अनुसार सरकारले मिति तोक्न निर्वाचन आयोगसँग परामर्श लिनुपर्ने उल्लेख छ।

‘संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक नेपाल सरकारले निर्वाचन गराउन मिति तोक्नेछ। तर, त्यस्तो निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनुपर्ने छ,’ ऐनमा भनिएको छ।

निर्वाचन आयोगलाई आफूले प्रश्न सोध्दा छलफलबिनै मिति तोकिएको जवाफ दिएको पोखरेलको भनाइ छ। पोखरेलले नियम कानुन अनुसार सरकार नचलेकाले आफूले आपत्ति जनाएको बताए।

‘निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने भन्ने छ। तपाईहरुसँग छलफल गरेको हो भन्दा होइन भन्नु भो। त्यसैले उहाँहरु गल्नु भो। पेलेर जाने ठाउँ थिएन,’ उनले भने।

सरकारले संविधान विपरित संसद विघटन गरेको र त्यो सम्बन्धी मुद्ददा सर्वोच्चमा रहेकाले निर्वाचनका क्रियाकलाप अघि बढाउन नपाइने प्रचण्ड-नेपाल समूहको तर्क छ। निर्वाचन आयोगले भने हाल बैशाख निर्वाचन गराउन कार्यहरु सुरु गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell