PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाइडेनको शपथ ग्रहणमा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा ‘अलर्ट’



बाइडेनको शपथ ग्रहणमा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा ‘अलर्ट’
Photo : Reuters

जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन्। उनको शपथ ग्रहण कार्यक्रमलाई लक्षित गर्दै अमेरिकाभर प्रदर्शन हुने अनुमान गरिएको छ। त्यसैले अमेरिकाका ५० वटै राज्यलाई ‘अलर्ट’मा राखिएको छ।

गत हप्ता बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्न बसेको संयुक्त सदनको बैठकमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले आक्रमण गरेका थिए। बुधवार हुने शपथ ग्रहण कार्यक्रममा पनि आक्रमण हुन सक्ने वा प्रदर्शन हुन सक्ने भन्दै वासिङट्न डिसीमा नेशनल गार्ड ट्रुप परिचालन गरिएको छ।

एफबीआइले ट्रम्प समर्थकहरुले ५० वटै राज्यमा ‘आर्म्ड मार्च’ गर्न सक्ने भन्दै चेतावनी दिएको छ।

शपथ ग्रहण लगत्तै बाइडेनले ट्रम्पले लागू गरेका कयौं नीतिहरु परिवर्तन गर्न सक्ने बताइएको छ। ट्रम्प भने बुधवार हुने शपथ ग्रहणमा सहभागी हुने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell