PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

ओलीमाथि मेजर अप्रेसन चल्दै गरेको प्रचण्डको भनाई, ‘तपाईँको रोग हामीभित्र पनि सर्छ कि भनेर हो’



ओलीमाथि मेजर अप्रेसन चल्दै गरेको प्रचण्डको भनाई, ‘तपाईँको रोग हामीभित्र पनि सर्छ कि भनेर हो’
फाइल फोटो

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली प्रवृति विभाजन भएपछिको अहिलेको आफ्नो समूहमा पनि रहेको बताएका छन्। ओली प्रवृतिको अन्त्य हटाएपछि आफूहरुभित्र सल्किएको ओली प्रवृतिलाई पनि हटाउनुपर्ने प्रचण्डको भनाइ छ।

आइतवार युवा संघको बुद्धनगरमा बसिरहेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको लडाई ओलीविरुद्ध भएको बताए।

‘हामीले तपाइको विरोधमात्रै गरेको होइन। तपाइको रोग हामीभित्र पनि सर्छ कि भनेर हो। चिरफार नगरे त तपाईँभित्रको रोग हामीलाई सर्छ कि भनेर तपाईलाई मेजर अप्रेसन गर्‍यो भने अरुलाई नसर्ला कि भनेर हो,’ उनले भने।

उनले आफ्नो ध्यान कम्युनिस्ट पार्टीजस्तै पार्टी बनाउने भएको बताए। उनले ओलीलाई कारबाही गर्नेमात्रै आफ्नो उद्देश्य नभएको बताए। उनले घोषणापत्र अनुसार काम गर्न ओली सरकारले नसकेको र अब आफूहरुले गर्ने बताए।

‘उहाँले जे ल्याउनु भयो। घोषणापत्र बाहिरको ल्याउनु भयो। रोजगारी दिनेखालको बजेट होइन। दलाल पुँजीपतिलाई प्रश्रय दिने खालको ल्याउनु भयो,’ उनले भने।

ओलीसँगको संगतमा आफ्नो समूहमा पनि केही गलत प्रवृति रहेको प्रचण्डले बताए। उनले युवासंघका नेताहरुलाई आन्दोलनमा होमिन पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell