PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भीम रावलले ओलीलाई भने 'भगुवा', राष्ट्रपतिको क्रियाकलापमाथि पनि उठाए प्रश्न



भीम रावलले ओलीलाई भने 'भगुवा', राष्ट्रपतिको क्रियाकलापमाथि पनि उठाए प्रश्न

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता भीम रावलले प्रधामन्त्री केपी शर्मा ओली 'भगुवा' भएको बताएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले ओली संसददेखि भागेको बताएका हुन्।

'संसदबाट, पार्टीबाट भाग्नेलाई शब्दकोषमा एक नम्बरको भगुवा भनिन्छ',उनले भने

रावलले ओलीलाई प्रश्न गरे, 'तपाई कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो? जवाफ दुनुस ओली जी।'

नेकपा (एमाले) हुँदाबाट नै ओलीले गुटबन्दी सुरु गरेको उनको आरोप छ। ओलीले पार्टी एकीकरण गर्दै तीन बर्ष अघि पार्टी नफुटाउने खाएको वाचा बिर्सिएको समेत रावलले बताए।

ओलीले संविधान र पार्टी माथि नै खडग चलाएको भन्दै उनले कम्युनिस्ट पार्टी र इतिहासमा सबैभन्दा घात गर्ने नेता केपी ओली रहेको बताए।

रावलले राष्ट्रपतिले सरकारले सिफारिस गर्ने बित्तिकै प्रतिनिधिसभा विघटन गरेकोमा समेत प्रश्न गरे।  

'सिंहदरबारमा निर्णय नभइ किन शीतल निवासमा छाप लगाउनुभो। राष्ट्रपति जवाफ दिनुस्' रावलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell