PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यसपाली लाठी खान मन लागेको प्रचण्डको भनाई, 'किन किन मेरो टाउको चिलाएको छ'



यसपाली लाठी खान मन लागेको प्रचण्डको भनाई, 'किन किन मेरो टाउको चिलाएको छ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको पछिल्लो अवस्थाले गर्दा आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अखिलले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले यस्तो बेला संविधान जोगाउन आफू सडकमा उत्रन तयार भएको र लाठी खान तयार रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले भने, 'मलाइ यो पटक लाठी खान मन छ। किन किन मेरो टाउको चिलाको छ।'

प्रचण्डले आफूहरु ओलीमाथि जाइ लाग्न चाहेकोले लाठी खानुपर्ने अवस्था आउनेसमेत बताए। 'ओलीमाथि जाइ लाग्न चाहेका छौं। गणतन्त्रको आन्दोलनका बेला केपी ओली रुँदै थिए। गणतन्त्र आउन हुदैन भनेर।' ओली लम्पसारवादी भएकोले आक्रामक हुनु जरुरी रहेको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell