PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

केपी ओली मलामी जाँदा हाँस्ने, जन्ती जाँदा रुने मान्छे : प्रचण्ड



केपी ओली मलामी जाँदा हाँस्ने, जन्ती जाँदा रुने मान्छे : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको पछिल्लो अवस्थाले गर्दा आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा अखिलले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

असंवैधानिक कदम चालेका ओलीमा अनौठो स्वभाव देखिएको उनको भनाइ थियो। उनले ओली मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने मानिस भएकोसमेत बताए। भने, ‘केपी ओली मलामी जाने बेला हाँस्दै हिँड्ने र जन्ती जाने बेला रुँदै हिँड्ने मानिस हो। स्वभाविक मानिस होइन।’

पूर्व माओवादीबाट ओली पक्षमा लागेका नेताहरुलाई समेत प्रचण्डले कटाक्ष गर्न भ्याए। उनले ती नेताहरुलाई नयाँ जोगीको संज्ञा दिँदै धेरै खरानी घस्न लागेको आरोप लगाए।

‘केही नयाँ जोगीले ओलीसँग लागेर खरानी घसेका छन्। तिनलाई म चिन्दै चिन्दिनँ। एक्लैलाई ल्याएर मैले स्थायी कमिटी सदस्य बनाएको थिएँ। अहिले चिन्दै चिन्दिनँ,’ प्रचण्डले भने।

प्रधानमन्त्री बनाउँछु भनेपछि ओली चुपचाप एकतामा लागेको उल्लेख गर्दै उनले अहिले नांगै हुँदा पनि हाँसिरहेको बताए।

‘संविधान बनाउ म तपाइलाई प्रधानमन्त्री बनाउँछु भन्दा खुब उचालिनु भो। प्रम बनाउँछु भनेपछि केपी ओली चुपचाप लागेर एकतामा लागे,’ उनले भने।

प्रचण्डले यस्तो बेला संविधान जोगाउन आफू सडकमा उत्रन तयार भएको र लाठी खान तयार रहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले भने, ‘मलाइ यो पटक लाठी खान मन छ। किन किन मेरो टाउको चिलाको छ।’

प्रचण्डले आफूहरु ओलीमाथि जाइ लाग्न चाहेकोले लाठी खानुपर्ने अवस्था आउनेसमेत बताए।

‘ओलीमाथि जाइ लाग्न चाहेका छौं। गणतन्त्रको आन्दोलनका बेला केपी ओली रुँदै थिए। गणतन्त्र आउन हुँदैन भनेर।’

ओली लम्पसारवादी भएकोले आक्रमक हुनु जरुरी रहेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell