PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विवादमा ताण्डव : सैफ-करिनाको निवासमा सुरक्षा बढाइयो, विरोधमा उत्रियो बीजेपी



विवादमा ताण्डव : सैफ-करिनाको निवासमा सुरक्षा बढाइयो, विरोधमा उत्रियो बीजेपी

टेलिभिजन वेब सिरिज ‘ताण्‍डव’ विवादमा परेको छ। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का सांसदसहित कार्यकर्ताहरु र हिन्दु धार्मिक संघसंगठन कडा विरोधमा उत्रिएका छन्।

यसको सिरिजका मुख्य कलाकार सैफ अली खानको निजी जीवनमा पनि विवादको असर परेको छ। उनीमाथि आक्रमण हुनसक्ने सम्भावनालाई विश्लेषण गर्दै मुम्बई प्रहरीले सुरक्षा बढाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बान्द्रास्थित निवासमै हमला हुनसक्ने देखेर घरबाहिर प्रहरी परिचालन गरिएको छ।

ताण्डवको प्रदर्शनमा रोक लगाउन र कलाकार, निर्देशक र निर्मातामाथि कडा कारवाहीको माग गर्दै बीजेपी विधायक राम कदमले मुम्बईको घाटकोपर पुलिस थानामा मुद्दा दर्ता गरेका छन्। उनले अनेजनविरुद्ध पनि मुद्दा दिएका हुन्।

यसैगरी बीजेपीका अर्का सांसद मनोज कोटकले केन्द्री सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर उक्त वेब सिरिजमा प्रतिबन्ध लगाउन माग गरेका छन्। निर्माताले नियतवश हिन्दु देवीदेवताको मजाक उडाएको र धार्मिक भावनाको अपमान गरेको उनको दाबी छ।

यसैबीच आजै विधायक राम कदमको अगुवाईमा मुम्बईमा सिरिज र प्रदर्शन गर्ने अमेजनविरुद्ध प्रदर्शन हुने भएको छ। उनले अमेजनलाई बहिष्कार गर्न अपिल समेत गरेका छन्। उनले अमेजनविरुद्ध ‘जुते मारो’ आन्दोलन गरिने चेतावनी दिएका छन्।

बीजेपी नेता कपिल मिश्राले पनि अमेजनलाई कानूनी पत्र पठाउँदै सिरिज हटाउन अनुरोध गरेका छन्।

यता केन्द्र सरकारको सूचना मन्त्रालयले अमेजन प्राइमका अधिकारीलाई बोलाएर स्पष्टिकरण सोधेको छ।

बीजेपी नेताहरुले सिरिजमा भगवान शिवलाई लिएर गरेका केही संवादमा आपत्ति जनाएका छन्। सिरिजमा सैफ अली खान, अयूब जीशान, तिग्मांशु धुलिया, डिम्पल कपाडियाको मुख्य भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell