PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रकले किच्दा गुजरातको फुटपाथमा सुतिरहेका १५ जना मजदुरको मृत्यु



ट्रकले किच्दा गुजरातको फुटपाथमा सुतिरहेका १५ जना मजदुरको मृत्यु
फोटो : bhaskar.com

भारतस्थित गुजरातमा मजदुर सुतिरहेको फुटपाथमा ट्रक उक्लँदा १५ जनाको मृत्यु भएको छ। २० जना मजदुर सुतिरहेको बेला उक्त ट्रक फुटपाथमा पुगेको थियो।

ट्रकले किचेपछि १२ जनाको घटनास्थलमै मृत्यु भएको र तीन जनाको अस्पतालमा पुगेपछि मृत्यु भएको दैनिक भास्करले जनाएको छ। बाँकीको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

एक ट्र्याक्टरसँग प्रतिस्पर्धाको क्रममा ट्रकले सन्तुलन गुमाएको र उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको त्यहाँको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell