PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शेरबहादुरले व्यक्तिगत कुरा गरेपछि जंगिए प्रधानन्यायाधीश, 'जन्मदेखिको कुरा यहाँ नगर्नुस्'



शेरबहादुरले व्यक्तिगत कुरा गरेपछि जंगिए प्रधानन्यायाधीश, 'जन्मदेखिको कुरा यहाँ नगर्नुस्'

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा दोस्रो नम्बरमा बहसमा आएका अधिवक्ता शेरबहादुर ढुंगानाले व्यक्तिगत कुरा गरेपछि प्रधानन्यायाधीशले रोकेका छन्।

ढुंगानाले सरकारको उपसचिव हुँदाखेरी ४० वर्षे सेवा अवधिमा यस्तो असंवैधानिक कदम नदेखेको बताएका थिए।

'उपसचिव हुँदाखेरी जिल्ला सभापति भए। ८ वटा जिल्ला सभापति हुँदाखेरी…' ढुंगानाले यति भन्न नपाउँदै प्रधान्यायाधीश राणाले उनलाई रोके।

अनि प्रधानन्यान्याधीशले सम्झाए अधिवक्ता ढुंगानालाई :

तपाईंले आफूले के गरे भन्ने छोड्नुस्। तपाईंलाई हामीले रोक्यौं।

विषयवस्तुमा मात्र बोल्नुस्। बिस्तारै बोल्नुस्। तपाईलाई हामीले रोक्यौं।

तपाईंको जन्मदेखि पछि सम्मको कुरा यहाँ नगर्नुस्।

त्यसपछि ढुंगानाको जवाफ थियो, 'यहाँ संविधान भन्दामाथि कोही हुन्न। संविधानअनुसार राज्य सञ्चालन हुनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell