PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

तस्विरमा मूलपानी क्रिकेट मैदानमा गण्डकीविरुद्ध कर्णाली

तस्विरमा मूलपानी क्रिकेट मैदानमा गण्डकीविरुद्ध कर्णाली


काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्मन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशमाथि जित निकाल्यो। कर्णालीले गण्डकीविरुद्ध ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए। त्यस्तै विपिन खत्रीले ३२ रन बनाउँदा दिनेश बुढामगरले १० रन लिए।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनरा र दिवान पुनले समान २/२ विकेट लिए। त्यस्तै रवीन्द्र शाहीले एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।



ट्रेन्डिङ पोस्ट

Ncell