PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाइडेनको शपथसँगै अमेरिकाको चीन नीति कस्तो होला?



बाइडेनको शपथसँगै अमेरिकाको चीन नीति कस्तो होला?
Photo : AP

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिँदै छन्। आज बाट ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन प्रशासनमा रहने मन्त्रीहरुको नाम सार्वजनिकसमेत भएका छन्।

यस्तोमा सबैको चासो अमेरिकाको विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मा अड्किएको छ। बाइडेन प्रशासनको विदेश नीति कस्तो हुने चासो बढ्दै जाँदा एसियाली पावरको रुपमा उदाइरहेको चीन प्रतिको नीति कस्तो हुने चासो छ।

ट्रम्पको विदाई पछि पनि अमेरिकाको चीन नीतिमा कुनै परिवर्तन नहुने संकेत देखिएको छ। बाइडेन प्रशासनमा विदेश मन्त्रीको दाबेदार रहेको एन्टोनी ब्लिकनले मंगलवार मात्रै एउटा प्रतिक्रिया दिए- कुनै द्वविधा छैन की चीन सबैभन्दा ठूलो चुनौती हो। उनले ट्रम्प प्रशासनले लिएको चीन प्रतिको कडा नीति सही भएकोसमेत बताएका छन्।

'चीन प्रतिको कडा नीति लिने राष्ट्रपति ट्रम्प सही थिए,' ओबामा प्रशासनका उपविदेश मन्त्रीसमेत रहिसकेका ब्लिकनले भनेका छन्, 'उनी कसरी अगाडि बढे भन्नु एउटा कुरा होला तर आधारभूति सिद्धान्त सही थियो।'

उनले आफ्ना साझेदारहरुसँग मिलेर काम गर्दै नेतृत्व गर्नेसमेत बताएका छन्। उनले सही नीतिमा कुनै पनि पार्टीको एकाधिपत्य नभएको भन्दै यस विषयमा मिलेर काम गर्नेसमेत बताए।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनले सिनिजया प्रान्तमा अल्पसंख्यक समुदायको नरसंहार मच्चाएको आरोप लगाएसँगै ब्लिकनको यस्तो भनाइ बाहिर आएको हो। ब्लिकनले 'नरसंहारको आफ्नो मुल्यांकनको आधार' हुने बताए। उनलाई चीन माथि नरसंहारको आरोप लगाउने पहिलो राष्ट्र अमेरिका भएकोसमेत बताए। 

उनले चीनले विश्वभर अधिपत्य जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्। उनले ताइवान मामिलामा अमेरिकी प्रतिबद्धतालाई बहिलोसँग साथ दिनेसमेत बताएका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell