PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ



भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

वीरगंज : सरकारी जंगल क्षेत्रबाट बन फडानी गरी भारत तर्फ काठ तस्करी गर्ने बाराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बाराको कलैया-१२ बस्ने ३७ वर्षीय चन्द्रिका महतोलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय पर्सामा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

प्रहरीले ना ७ त ४६३६ नम्बरको ट्रयाक्टरबाट सालको ६ थान गोलाइ काठ लोड गरी भारततर्फ लगिरहेको अवस्थामा उक्त ट्रयाक्टर र महतोलाई नियन्त्रणमा लिएको थियो। गत माघ ५ गते राति पौने ११ बजेको समयमा पर्सा प्रहरीको गस्ती टोलीले उक्त काठ बरामद गरी हिजो डिभिजन बन कार्यालय वीरगंजलाई आवश्यक कारबाहीको लागि पत्राचार गरी पठाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell