PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्रम्पले छाडे वासिङ्टन डिसी, बिदाईमा लिएनन् बाइडेनको नाम



ट्रम्पले छाडे वासिङ्टन डिसी, बिदाईमा लिएनन् बाइडेनको नाम
फोटो : AP via CNN

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वसिङ्टनस्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस भर्खरै छाडेका छन्। उनी फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै फ्लोरिडातर्फ उडेका हुन्।

बिदाई अघि उनले आफ्नो परिवार र ह्वाइट हाउसका कर्मचारीलाई धन्यवाद दिएका छन्। त्यसपछि उनले नयाँ प्रशासनलाई शुभकामना दिए। यद्यपि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको नाम भने लिएनन्।

छोटो बिदाई शुभकामनापछि उनी सीधै हेलिकप्टरतर्फ लागेका थिए। उनलाई सञ्चारकर्मीले प्रश्नहरु गरे पनि उत्तर भने फर्काएनन्। केही समयमै बाइडेन वासिङ्टन डिसी आइपुग्नेछन् र अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell