PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कमला ह्यारिस : पहिलो महिला, अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति



कमला ह्यारिस : पहिलो महिला, अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति
Photo : AP

कमलादेवी ह्यारिसले अमेरिकी उपराष्ट्रपतिको रुपमा शपथ लिएकी छिन्। वासिङटन डिसीमा आयोजित शपथ ग्रहण समारोहमा ५६ वर्षीया ह्यारिसले शपथ लिएकी हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्।

शपथ सँगै ह्यारिस अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति बनेकी छिन्। यस्तै, उनी पहिलो अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति समेत हुन्।

ह्यारिसले उपराष्ट्रपति पदसम्मको यात्रा सबै महिलाहरुलाई समर्पित गरेकी छिन्।

ओक्ल्यान्ड क्यालिफोर्नियामा जन्मेकी ह्यारिस भारतीय- जमैकन मूलकी अमेरिकी नागरिक हुन्। उनकी आमा भारतीय थिइन् भने बुवा जमैकन।

कानुनकी विद्यार्थी ह्यारिस सन् २००३ मा स्यान फ्रान्सिसको डिस्ट्रिक्ट एटर्नी समेत बनिन्। सन् २०१७ मा उनी क्यालिफोर्नियाबाट जुनियर सिनेटर चुनिइन्। सन् २०१९ को जनवरीमा उनले आफूलाई राष्ट्रपति पदको उम्मेदवारकै रुपमा प्रस्तुत गरेकी थिइन्। तर डिसेम्बरमा उनी राष्ट्रपति दौडबाट बाहिरिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell