PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कोरोनाविरुद्धको खोप आज आइपुग्दै काठमाडौं



कोरोनाविरुद्धको खोप आज आइपुग्दै काठमाडौं

काठमाडौं : भारतले नेपाललाई उपलब्ध गराउने कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन आज काठमाडौं आइपुग्दैछ। बुधवार स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए।

भ्याक्सिनको पहिलो खेप बिहीवार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए।

'फागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खेप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला नि? सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो,' मन्त्री त्रिपाठीले बुधवार भने।

नेपालमा भ्याक्सिन आएपछि पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपङ्क्तिमा रहेकाहरुलाई प्रदान गरिनेछ।

भ्याक्सिन वितरण गर्न सरकारले सबै तयारी पूरा गरिसकेको मन्त्री त्रिपाठीले बताएका थिए।

भारतले छिमेकी देशलाई प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराएकोमा त्रिपाठीले धन्यवादसमेत दिए। उनले आउने दिनमा समेत भारतबाट कोरोनाविरुद्ध सहयोग हुनेमा आशावादी रहेको बताए।

'भ्याक्सिन मैत्री' अभियान अन्तर्गत भारतले आजबाट नेपाल सहित दक्षिण एसियाली राष्ट्रलाई भ्याक्सिन उपलब्ध गराउन सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell