PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाइडेन प्रशासन ओली सरकारसँग कसरी साझेदारी गर्न चाहन्छ ? प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भयो छलफल



बाइडेन प्रशासन ओली सरकारसँग कसरी साझेदारी गर्न चाहन्छ ? प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भयो छलफल
File Photo : US Embassy

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच बालुवाटारमा छलफल भएको छ। अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले शपथ लिएपछि बेरीले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। बेरीले राष्ट्रपति भए लगत्तै निवर्तमान राष्ट्रपति डोलान्ड ट्रम्पले विदेशी राष्ट्रका लागि लिएका नीतिहरु परिवर्तन गर्ने घोषणा गरेका थिए। त्यसैबारेमा जानकारी दिन बेरी प्रधानमन्त्रीसँग छलफलका लागि पुगेको बताइएको छ।

ट्वीट गर्दै बेरीले नयाँ राष्ट्रपतिको प्रशासनले नपालसँग कसरी साझेदारी गर्न खोजेको छ भन्ने विषयमा ओलीसँग छलफलका लागि भेटेको बताएका छन्। यस्तै, नेपालका साथै अन्य राष्ट्रहरुसँग पनि कोरोना भाइरसको संक्रमण, जलवायु परिवर्तन लगायतका मुद्दामा समेत  बाइडेन प्रशासनको धारणा बारेमा छलफल भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell