PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अमेरिकाको भर्जिनियामा पाँच बच्चालाई गोली हानी मारिन् एक आमाले, त्यसपछि गरिन् आत्महत्या!



अमेरिकाको भर्जिनियामा पाँच बच्चालाई गोली हानी मारिन् एक आमाले, त्यसपछि गरिन् आत्महत्या!
फोटो : nydailynews.com

अमेरिकाको वेस्ट भर्जिनियामा एक आमाले पाँच बच्चालाई गोली हानी मारेपछि आत्महत्या गरेको खुलेको छ। २५ वर्षीया ओरियना मायरले तीन जना आफ्नै बच्चा र दुई सौतेला बच्चालाई गोली हानी मारेको प्रहरी अनुसन्धानमा खुलेको हो।

गत डिसेम्बरमा भएको घटनाको अनुसन्धानको क्रममा यो तथ्य खुलेको भर्जिनिया प्रहरीलाई उद्धृत गर्दै न्युयोर्क डेली न्युजले जनाएको छ।

डिसेम्बर ८ मा उक्त घटना भएको बताइएको छ। मायरले पाँचै जना बच्चालाई यातना दिएपछि गोली हानेको समाचारमा उल्लेख छ।

उक्त दिन आफ्ना पति ब्रियन बमगर्नरलाई मायरले कैयौंपटक म्यासेज गरेको प्रहरीले जनाएको छ। उनीहरुको कार बिग्रेकाले ब्रियन भने आफन्तको घरमा रहेको बताइएको छ। यता मायर भने मानसिक तनावमा देखिएको र पाँचै जना बच्चालाई घरभित्रै गोली हानेर आफू भने बाहिर निस्केर गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनामा ७ वर्षीय साउन बमगर्नर, ६ वर्षीय रिले बमगर्नर, ४ वर्षीय कीयन मायर, ३ वर्षीय अरीकायल मायर र एक वर्षीय हेनकेन मायर मारिएका हुन्। आत्महत्यापछि उनले तीनवटा सुसाइट नोटसमेत छाडेकी थिइन्। जसमा उनले आफूलाई आफूभित्रको शैतानले जितेको र आफू दृढ हुन नसकेको भन्दै माफी मागेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell